बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ ।

यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो ।

यो पनि , नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता:होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको यो स्मार्ट फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको एचएमडी ग्लोबलका हेड अफ पान एसियाका रवि कुँवरले बताए ।

नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एपको साथ आउने भन्दै उनले जुन परिवारलाई वर्तमान अवस्थाको बीचमा जडित रहन मद्दत गर्ने बताए ।गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्ने उनले बताए ।

‘क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराको शक्तिशाली संयोजनले परिवारको अनमोल यादहरूलाई आश्चर्यजनक बोकेह पाट्रेट र कम–प्रकाश सुन्दर शटहरूमा खिच्दछ । ब्लर पृष्ठभूमिमा प्रोफेशनल फोटोहरू खिच्न पाट्र्रेट मोडको साथ बहुमूल्य पारिवारिक क्षणहरू क्याप्चर गर्नुहोस् । र, कलर रिच तथा र क्रिप्स कम–प्रकाश शटहरू लिन फ्ल्याशको आवश्यकता बिना नै नाइट मोड प्रयोग गर्नुहोस् । सहयोगी स्टोरेज सूचकहरूले स्पेसको सबै चिन्ताहरु ह्टाउछ ताकि तपाईं स्न्यापलाई जारी राख्न सक्नुहुन्छ’, कम्पनीले भनेको छ ।

यो पनि :भान्सामा प्रयोग गरिने चक्कु अब मसाजमा !!:तपाई हामी सबैलाई थाहा छ, चक्कु सामान्यतया भान्सामा तरकारी, फलफुल र मासु काट्न प्रयोग गरिन्छ । तर अब भने मसाजका लागि चक्कुको प्रयोग गरिने भएको छ ।तपाईलाई यो टिप्स पढ्दा रोचक लाग्न सक्छ तर यो सत्य हो ।

टिप्समा जनाइए अनुसार मसाजमा चक्कुको प्रयोग ताइवानको मसाज पार्लरमा गरएको छ । त्यहा चक्कु मसाजको लागि प्रयोग हुँदै आएको छ।यस चक्कुबाट मसाज गर्ने बिधिलाई ‘डाउलियाओ’ भनिन्छ। जसको अर्थ ‘चक्कुबाट मसाज’ अर्थात् ‘नाइफ थेरापी’ भन्ने हुन्छ। यसको सुरुवात करिब दुई हजार वर्ष पहिले बौद्ध भिक्षुहरुले गरेका थिए ।

त्यस्तै करिब एक हजार वर्ष अघि तांग वंशको जापानमा पनि यो थेरापीको प्रयोग उल्लेखनिय मात्रामा हुन्थ्यो। सन् १९४० को दशकमा चीनको गृहयुद्धको क्रममा चक्कुबाट गरिने मसाजको यो परम्परा ताइवान पुगेको थियो । तर अहिले भने जापान र चीनमा यस्तो मसाज करिब लोप भइसकेको छ ।

ताइवानमा भने अझै यस थेरापी निकै लोकप्रिय छ । ताइवानको राजधानी ताइपेइमा यो थेरापी सिकाउन एक एजुकेसन सेन्टर खोलिएको छ । यसको नाम हो ‘द एनशिएन्ट आर्ट अफ नाइफ’ मसाज डाओलियाओ आई–जिङ एजुकेसन सेन्टर । ताइवानमा यो एजुकेसन सेक्टरको ३६ ओटा शाखा छ ।

फ्रान्स, क्यानडा, हङकङ र जापानबाट पनि मानिसहरु यो थेरापी सिक्न ताइवान आउने गर्दछन् ।चक्कुबाट गरिने मसाजका फाइदा:सकारात्मक उर्जा उत्पन्न हुने,घाउ निको पार्ने,निन्द्रा राम्रोसंग लगाउने,शरीरको दुखाई कम गर्ने

यो पनि पढ्नुहोस् :के करणले विवाहपछि महिलाको पेट घट्दैन ?:पेट बढ्ने समस्या धेरैलाई भएको पाइन्छ । विशेषगरी विवाहित महिलाहरुमा यो समस्या अत्यधिक पाइन्छ । जिम जाँदा पनि कतिपयको पेट घटाउन मुश्किल पर्छ । विशेषगरी, ४० वर्ष कटेका महिलाहरुलाई त झनै पेटमा लागेको बोसो घटाउने काम निकै गाह्रो हुन्छ । किन हुन्छ पेट घटाउन मुश्किल ?

१. ४० वर्ष कटेपछि महिलाहरुको शरीरका मांसपेशीहरु कमजोर हुन्छन् । यसका साथै, उमेर बढेसँगै मेटाबोलिज्म कमजोर भइदिन्छ जसले बोसो पगाल्ने काम गर्न सक्दैन । २. महिनावारी, विवाह, गर्भधान, मेनोपोज जस्ता कारणहरुले हर्मोनमा परिवर्तन ल्याइदिन्छ । जसले गर्दा शरीरका केही अंगहरुमा कडा खालको बोसो जम्मा हुन्छ ।

३.टेस्टोस्टेरोन र एस्ट्रोजन को स्तरमा कमि हुने कारण महिलाहरुको शरीरमा कडा बोसो जम्मा भइदिन्छ । पेटको बोसो घटाउन किन जरुरी छ ?शरीरका अन्य भागको तुलनामा पेटमा जम्मा हुने बोसो खतरनाक हुन्छ । पेटमा जम्मा हुने बोसोले सास फेर्न समस्या, मुटु रोग, मधुमेहको टाइप २, उच्च रक्तचाप र उच्च कोलेस्ट्राल जस्ता समस्या निम्त्याउँछ ।

विवाहपछि किन बढ्छ तौल ?अनुसन्धानका अनुसार विवाहपछि ५ वर्षमा ८२ प्रतिशत महिलाहरुको तौल ५ देखि १० केजीसम्म बढ्छ । शरीरका केही खास अंगहरु स्तन, हिप र पेटमा बोसो जम्मा हुन थाल्छ । खानपान, जीवनशैली, हर्मोनमा आउने परिवर्तन, तनाव, बढ्दो उमेर, गर्भधान जस्ता कुराले महिलामा तौल बढ्ने गर्छ ।