काठमाडौं । आज बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बेठक भखरै सकिएको छ । आजको बैठकमा नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । असार १६ गते काठमाडौंमा बोलाएको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक स्थिती, कोभिड १९ र प्राकृतिक प्रकोपका विषयमा छलफल भएको बताए । सो विषयमा निर्णयका लागि आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको फैसला त्रुटिपूर्ण भएको बताए । अदालतले कानुनभन्दा बाहिर गएर फैसला गरेको उनको आरोप लगाएका छन् । उनले आयोजक कमिटी बैठकले अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारबाहीको विषयमा निर्णय गर्न सक्ने बताए ।