काठमाडौ । काठमाडौं उपत्यकामा महामारीको जाखिम अझै कामय रहेको निष्कर्ष निकाल्दै उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा अझै थप्ने तयारी गरेका छन् । उपत्यकामा अझै एक साता निषेधाज्ञा जारी रहने भएको छ । त्यसको औपचारीक घोषणा हुन भने बाँकी छ ।

को रोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट थप खतरनाक रहेको र त्यसको जोखिम बढेको भन्दै सिडियोहरु फेरी निषेधाज्ञा थप्ने निर्णयमा पुगेका हुन् । नेपालमा पछिल्लो पटक नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् । जसको परिक्षण नेपालमा गर्न पनि मिल्दैन । परिक्षणका लागि भारत वा अन्य मुलुकमा नमुना पठाउनुपर्छ । नेपालमा निकै कडा प्रकारको भाइरस डेल्टा प्लसका संक्रमित देखिएका थिए ।

खतरनाक भाइरस देखिएको तथा संक्रमण पनि नघटेकाले निषेधाज्ञाको अवधि पुनः थप्नुपर्ने अवस्था रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनले सार्वजनिक यातायातका बारेमा अहिले नै कुनै निष्कर्षमा नपुगेको जनाएका छन् । यातायात ब्यवसायीले अब आफुहरु ब्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै खुलाउन माग गर्दै आएका छन् ।

‘यो त अहिल्यै भन्न सकिन्न,’ उनले भने, ‘हामी छलफलमै बसेका छैनौं।’ तर थपिने निषेधाज्ञा अझ सहज बनाउने सम्भावना रहेको उनले बताए। उनले यातायातका बारेमा पनि केही निर्णय भने हुने संकेत गरेका छन् ।