काठमाडौं । कोरोना महामारीका कारण रोकिएको जनगणना कसरी र कहिले गर्ने भन्ने विषयमा आज निर्णय हुने भएको छ। गत जेठमै हुनुपर्ने जनगणना कार्यक्रम कोरोना भाइरसका कारण स्थगित भएको थियो।

यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका अघि बढाइएको कार्यक्रम स्थागित भएपछि अबको तयारीका लागि आज सरोकारवालाको बैठक बस्न लागेको तथ्यांक विभागका जनगणना शाखाले जनाएको छ । आजको बैठकाले तत्काल अघि बढाउने कि केही समयपछि सार्ने भन्ने छलफल गर्नेछ।

यसअघि वैशाख १५ गतेदेखि सुपरिवेक्षकका लागि तालिम दिन सुरु गरे पनि बीचैमा स्थागित भएको थियो। हरेक १० वर्षमा हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने तयारी सरकारको छ।