पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, असार १३ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस ।

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार १३ गते आइतबार इश्वी सन २०२१ जुन २७ तारीख असार कृष्णपक्ष तृतीया तिथी उत्तराषाढा नक्षत्र पश्चात श्रवण नक्षत्र वैधृति योग वणिज करण चन्द्रमां मकर राशिमा आनन्दादि योगमा मुसल योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ ।