काठमाडौं । मनसुनी वायु र दक्षिणी भू–भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान भने भीषण वर्षाको सम्भावना छ । यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

। प्रदेश १, प्रदेश २ र बागमती प्रदेश एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।