११ असार, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालको कोभिड कोषमा ४८ लाख सहयोग गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको २ जेठको परिपत्र अनुसार समितिका सदस्यहरुबाट उठाएको रकम राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा जम्मा गरेको समितिका सभापति आनन्द बिष्टले विज्ञप्ति मार्फत् जानकारी दिए।

विज्ञप्ति अनुसार कोभिड(१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि रकम उठाउन पार्टीले परिपत्र गरेलगत्तै समितिको अमेरिका केन्द्रीय समितिको बैठक बसी रकम संकलन सुरु गरिएको थियो ।

यस क्रममा समितिको अनुरोध र पार्टीको परिपत्र अनुसार समितिमा आबद्ध सदस्यहरूबाट ४१ हजार ३४ सय अमेरिकि डलर संकलन गरेको समितिले जनाएको छ । सो रकम दुई पटक गरी नेपाल पठाइएको बिष्टले जानकारी दिए ।