काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका १०६ जना इन्जिनियर र सब(इञ्जिनियरहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले माइतीघर मण्डलावाट पक्राउ गरेको हो ।

सेवाबाट हटाउन लागेको भन्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा इन्जिनियरहरु प्रदर्शन गर्न पुगेका थिए । महामारीका समयमा प्रदर्शन गर्न पुगेका इन्जिनियरहरू लाई प्रहरीले पक्राउ गरेको हो ।

महामारीका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा भिड गरेर प्रदर्शन गर्न पुगेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भूकम्पपछि पुनर्निर्माण प्रधिकरणमा नियुक्ति भएका इन्जिनियर तथा सब(इन्जिनियरहरूले आफ्नो करार अवधि थप गर्न माग गर्दै आन्दोलन थालेका थिए। दुई वर्षअघि प्राधिकरणले उनीहरूको करार सेवा अवधि थपेको थियो।

फेरि सेवा अवधि थपिनुपर्ने माग राख्दै इन्जिनियरहरू प्रदर्शन गर्न माइतीघर पुगेका थिए। तर, त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखेको छ।