काठमाडौ । यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र –लाइसेन्स का लागि आवश्यक पर्ने ५०० ओटा प्रश्न उत्तर संग्रह सार्वजनिक गरेको छ । सार्वजनिक गरेका प्रश्न उत्तर राम्रोसंग अध्ययन गरे पास हुन सकिन्छ । लाइसेन्स लिखित परीक्षा दिने सेवाग्राहीलाई सहजीकरणको लागि यातायात विभागले यस्तो लिस्ट तयार पारेको हो ।

केहि महिना अघि सवारी चालक अनुमाति पत्र निर्देशिका जारी भएपछि ट्रायल परीक्षा समेतलाई सरलीकृत गरिएको छ । तर, अहिले लाइसेन्स आवेदन रोकिएको कारण अंक प्रणालीमा ट्रायल परिक्षा हुन सकेको छैन । यातायात विभागका अनुसार यीनै प्रश्न उत्तर संग्रहबाट सवारीचालक अनुमतिपत्र (लाईसेन्स) को लिखित परीक्षामा प्रश्न सोधिने छ ।

विभागले एक सूचना जारी गर्दै अब हुने लिखित परिक्षामा आउनसक्ने प्रश्नहरुलाई समेटेर ५ सय प्रश्न उत्तरहरुको संग्रह सार्वजनिक गरेको हो । सवारीचालक अनुमतिपत्र परिक्षा संचालन कार्यविधि निर्देशिका २०७७ का अनुसार उक्त प्रश्नहरु सार्वजनिक गरिएको विभागले जनाएको छ ।

यसअघि गत चैत १९ गते मोटरसाईकल, स्कुटर, मोपेड, कार, जीप तथा डेलिभरी भ्यानको लाईसेन्स परीक्षाका लागि भन्दै उक्त निर्देशिका जारी भई स्वीकृत भईसकेको छ । त्यसैगरी विभागले लिने लिखित परिक्षामा प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोध्ने सूचनामा उल्लेख छ ।

यातायात ब्यवस्था विभागको वेव साइटमा गएर तपाइले वर्ग ख/ A (कार, जीप, डेलिभरी भ्यान) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह २०७८ ।वर्ग क/B (मोटरसाइकल/स्कुटर/मोपेड) र वर्ग ट/K (स्कुटर/मोपेड) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह २०७८ । हेर्न सक्नुहुनेछ । त्यहाँ ५ सय प्रश्न उत्तर समावेश गरिएका छन् ।