काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्थाबारे स्थायी कमिटी सदस्यहरुसँग अनौपचारिक छलफल गरेका छन् ।

स्थायी कमिटी बैठक नभनी नेताहरूसँग अनौपचारिक छलफल चलेको बालुवाटार स्रोतले जनाएको छ । छलफल जारी छ ।

स्थायी कमिटी सदस्यहरूसँगको छलफलपछि प्रधानमन्त्रीले सर्वोच्चको आदेशबाट पदमुक्त भएका एमालेका मन्त्रीहरूसहित छलफल गर्दैछन् ।

पार्टीभित्र पछिल्लो विवाद र एकताको प्रयासका बारेमा पनि नेताहरूले जानकारी गराएका छन् ।

माधव नेपाल कुनै पनि हालतमा एमालेमा बस्न नचाहेको निष्कर्ष नेताहरूले सुनाएको बताइएको छ ।