काठमाडौं । करिब २ महिना लामो निषेधाज्ञा पछि आजबाट खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै अहिले निजी सवारी र ट्याक्सीहरु सञ्चालनमा आएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारी साधान जोर विजोर प्रणालीअनुसार सञ्चालन गर्ने निर्णय गरेको थियो त्यही अनुसार सवारी साधन सञ्चान गरेपनि अहिले सडकमा जाम बढेको छ ।

अहिले सन्चालनमा आएका गाडीहरुलाई पनि प्रहरीले बिभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । चेकिङ पोष्ट नजिक रोकिनुपर्दा केहीबेर सवारी साधनहरुको जाम हुने गरेको छ । सार्वजनिक सवारी साधन भने अझै सञ्चालमा आएका छैनन् ।