संखुवासभा ,बाह्रबिसे भन्ने ठाउमा हाङ्बा लिम्बु जो आफ्नो परिवारसग रहदै आएकि छिन् ।उनी उमेरको हिसाबमा पनि एकदमै कलिलो छिन् ,उनको उमेर मात्रै चार बर्ष पुगेको छ ।

हाङ्बाको पेट एकदमै सुन्निएको छ र सामान्य बच्चाहरुको भन्दा निकै नै ठूलो र भ या नक देखिन्छ ।उनी बोनम्यारो (मेरुदण्ड ) मा लागेको रो गबाट गुज्रिरहेकि छिन् ।र त्यहि रो गले उनको पेटलाई यसरी पिरोलेको चिकित्सकले बताएको उनकै पिताले बताए ।

हाङ्बाको उपचारकै क्रममा खेति किसानि गर्ने परिवारले सम्पुर्ण आफ्नो श्रि सम्पत्ति नै सके र अब थप उपचार गर्न नसक्ने अवस्था भएपछि उनी मिडियामा आउन बि ब स भएका हुन् ।हात फैलाउने रहर कस्लाई पो हुन्छ र तर कहिलेकाही बाध्यताले यस्तो अवस्था सृजना गर्दो रहेछ ।

आफ्नो सन्तान ठिकै होस् राम्रै होस् भन्ने चाहा त सबैलाई नै हुन्छ तर भविष्यमा के कस्तो भएर जान्छन् त्यो त परिकल्पना भन्दा पनि बाहिरको कुरा न भयो ।भरखर त हाङ्बा कोपिला लाग्दैथिइन उनी फर्किन बाकि नै थियो तर यस्तो रो ग लागेसगै उनी अहिले आमाकै काखमा सिमित भइन् ।नत मजाले खान्छिन् नत हिडडुल गर्ननै सक्छिन् ।

उनको उपचार सुरुवाति चरणमा बालकान्ति अस्पतालमा गरियो पछि चितवनमा गरियो र विभिन्न समयमा विभिन्न ठाउमा चेकजाच गरियो तर यो रो गको उपचार नेपालमै सम्भव नभएको र करिब ३० लाख भारु भए भारतमा भने सम्भव हुने चिकित्सकले बताएका छन् ।

हेर्नुस् भिडियो सामाग्री