थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

यस्तै काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ।

‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ,’ अधिकारीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।

थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ । निजी सवारीलाई जोर(बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। यस बारे थप जानकारी केही बेरमा आउने छ । संक्रमण दर घट्दै गएपनि जोखिम भने कायमै रहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।