काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुक्रबार तोलामा ९० हजार आठ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सयले घटेर प्रतितोला ९० हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार ५५० रहेको छ । त्यस्तैगरी आज चाँदीको मूल्य तोलामा १२९० कायम गरिएको महासंघले जनाएको छ ।

अन्य समाचार : यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आजअमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?