असार काठमाडौ नेपाल एयरलाइन्सले आगामी जुन २३ देखि दुबई–काठमाण्डौको एकतर्फी उडान सुरु गर्दै छ । नेपाल सरकारले कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई उद्दार गर्ने उदेश्यले उडान भर्न लागेको हो ।

युएई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने युएईका उडानमा युएई जान सक्दैनन्। नेपालमा कोरोना महामारी बढेको कारण युएई सरकारले नेपाललाई युएई जान रोकेको कारण नेपालीहरु युएई जान नपाउने भएका हुन् ।

नेपाल एयरलाइन्सका अनुसार युएईबाट हुने उद्दार उडान असार ९ गते र असार १६ गतेको लागि तय भएको छ । उडान एकातर्फी भएकाले युएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ । युएईबाट नेपाल आउनको लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ ।

युएईबाट हुने उडान नियमित उडान नै हो तर एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ । युएईका ट्राभल एजेन्सीहरुले नेपाल आउनको लागि टिकट मूल्य १५०० दिराम देखि १८०० सम्म लिएको जानकारी प्राप्त भएको छ ।

युएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् । जसको लागि टिकट बुकिङ समेत खुलिसकेको छ । यसअघि नेपाल सरकारले युएई सहित मलेसिया, साउदी उडान गर्ने निर्णय गरिसकेको छ ।