आफू खान बनाउदै गर्दा श्रीमान बाढी आयो भनेर माछा पोखरीमा कुलो थुन्न जादा बाढीले बगाएपछी छोरालाई अंगालोमा बेर्दै गरिन बिलौना (भिडियो हेर्नुस्) । मेलम्ची बजारमा आएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृ-त्यु भएको छ ।

मंगलबार बेलुकीदेखि सुरु भएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृ-त्यु हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृ-तकहरूमा चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु र भारतीय नागरिक कमल लोप्चन महतो रहेका छन् । बाढीमा परेको स्थानीयको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३ सय ५० जनशक्तिको परिचालन गरिएको छ ।

मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले ठुलो क्षति गरेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए । मेलम्ची खोला उर्लिंदा मेलम्ची बजारमा डुबेको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र दर्जनौ घर बगेको विवरण आएको छ।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । सेनाको हेलिकप्टर मार्फत त्यहाँ उद्दार भएको छ । खोलामा अझै पनि पानीको बहाव नघटेकोले सतर्कता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । खोलामा बाढी आएको थाहा पाएपछि माधव भण्डारी खोलामा माछा पोखरीमा आउने कुलो थुन्न जादा बाढीले बगाएको छ । श्रीमतीले भावुक हुदै सुनाएकी सबै कुरा, भिडियाे हेर्नुस्:-