काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर असारबाट निषेधाज्ञा खुकुलो बनाउने विषयमा गृहमन्त्रालय छलफल गरिरहेको छ ।गत वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा यही जेठ मसान्तसम्म कायम रहनेछ । मुलुकभरका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।तर, महिनौँ दिनदेखि जारी गरिएको निषेधाज्ञाले जनजीवनमा असर गरेपछि यसलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।

सोहीअनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित् जिल्लाको बस्तुस्थिति बुुझिरहेका बेला काठमाडौं उपत्यकामा असार पहिलो हप्ताबाट जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने दिने तयारी गरिएको छ ।स्वास्थ्य मापदण्ड पालनामा कडाइका साथ जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन अनुमति दिने तयारी गरिएको हो ।निजी सवारी साधन र ट्याक्सीलाई चल्न दिने तयारी गरिए पनि सार्वजनिक सवारी साधनका विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन ।

अन्य समाचार : सबिता भण्डारीको सानिमा प्रहरीको गाडी मुनि म’र्छु भन्दै गएपछि (भिडियो हेर्नुस्) काठमाडौ । चितवनकी सविता भण्डारी घटनालाई लिएर प्रहरी कार्यालय अगाडी ववाल भएको छ । सविताको सानिमा प्रहरीको गाडी मुनी आउन लाग्दा प्रहरीले उनलाई जोगाएको छ । घटनाको अनुसन्धान फितलो भएको भन्दै सविताका माइती र उनका समर्थक प्रहरी कार्यालय घेराउ गर्न गएका थिए । उनीहरुले नारावाजी गरे पछि प्रहरीले सविताको आमा र बहिनी र केही अभियन्ताहरुलाई पकाउ गरेको छ ।

उनीहरुलाई गाडीमा हालेर लगेपछि सविताको सानिमाले गाडीलाई अगाडी उभिएर रोक्ने प्रयास गरेकी हुन् । उनले आफु माथि वाट गाडी लैजानु भन्दै हात फैलाएर गाडी अगाडी उभिएकी हुन् ।

सो घटनामा कर णी विरुद्ध आवाज उठाउँदै आएकी सावित्रा सुवेदी पनि पुगेकी छन् । उनी पनि प्रदर्शनमा सहभागी हुँदा प्रहरीले पक्राउ गरेको छ । सविताको परिवार र सावित्राका समुहका अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । सो क्रममा स्थानिय र सवितालाई न्याय दिलाउन भन्दै आन्दोलनमा लागेकाहरुले नारावाजी समेत गरेका छन् ।

चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम निधन भएको थियो । उनका माइतीले सविताले आफै मृत्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आरोप उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।