गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् ।

मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफको स्वरको उच्चतम सम्मान गर्दै संगितकार एवम् डाइरेक्टर अर्जुन पोख्रेलले दुईवटा गितमा उनलाई लिने भएका छन् त्यति मात्रै हैन उनी ईन्द्रेणिमा समेत गए र ईन्द्रेणिमा नै कृष्ण कंडेलले अलिफलाई राख्न प्रतिबद्धता पनि जिकिर गरे का पनि थिए।

कला र गलालाई सधाबहार सम्मान एवम् उच्चतम प्ल्याटफर्म दिदै आएको ईन्द्रेणि समाजले अलिफको कलालाई समेत स्थान दिनुले थप चर्चामा ल्याउने निश्चित थियो। अलिफको अपार सफलता पछि अब अलिफले स्टेज र प्लाटफर्महरु प्रसस्त पाउन थालेकाछन् यशैबच उनको पहिलो गित समेत रेकर्ड भैसकेको छ ।

आमा र बुवालाई समर्पित गर्दै उनले आफ्नै शब्द अनि सङ्गितमा एकदमै मीठो भाका तयार गरेका छन् जुन नहेर्ने पक्कै कोहि पनि नहोलान् ।धेरै मिउजिक भिडियोमा आफ्नो स्वर दिइसकेका अलिफ खानको अहिले चौतर्फि नै तारिफ र प्रसंसा हुँदै आएको छ ।

अलिफ र आफुबारे बाहिर जे जस्ता हल्ला चले पनी आफुहरु राम्रो साथी मात्रा रहेको कुरा मधुले एक अन्तर्बार्तामा बताएकि थिइन् र बिवाहको हल्ला एकदमै झुटो भएको पनि जिकिर गरेकि थिइन ।

अन्तर्वार्तामै आफ्नो बिगतका दिनहरु सम्झिएर भावुक बन्दै काठमाडौंमा गरेको संघर्षको दिनहरुका किस्सा पनि सुनाएकि थिइन । रुप र धन भन्दा पनि आफ्नो बिगतलाई स्वीकार गर्ने र मन मिल्ने साथी पाए छिट्टै नै बिवाह गर्ने कुरा पनि मधुले खुलाएकि थिइन तर अलिफ खानसगको भने हल्ला मात्रै भएको बताएकि थिइन् ।

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो । अहिले अलिफ खान र मधु क्षेत्रि बिचका रमाइला टिकटकहरु एकदमै भाइरल भैरहेका छन् । हेर्नुस् उक्त टिकटक भिडियो सामाग्री