काठमाडौं । सरकारले असारबाट निषेधाज्ञा हटाउन सक्ने देखिएको छ । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा जेठभर लम्ब्याइएपनि खुकुलो पारेपछि त्यस्तो संकेत गरेको हो ।

३१ जेठसम्म निषेधाशा लम्ब्याइएको छ । तर, यसपटक विगतमा छुट नदिइएका कतिपय व्यवसाय र यातायात निश्चित अवधिका लागि खोल्न छुट दिइएको छ ।

जसमा किराना पसल, डिमार्टमेन्टल स्टोल, खाद्यान्नका पसलका अलावा मालवाहक यातायात पनि छन् । सवारी साधन मर्मतका वर्कशप पनि खोल्न निश्चित अवधि राखेर छुट दिइएको छ ।

जेठभर निषेधाज्ञा जारी गरेर खुकुलो पार्दै लाने र भाइरसको सं क्रम णको अवस्था अध्ययन गरी हटाउने तयारी समेत भएको छ । तर, सं क्रम ण कम नभएमा असारको एक साता निषेधाज्ञा थपिने बुझिएको छ ।

असार महिनामा आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि सरकारले निषेधाज्ञा लागू नगर्ने निश्चितप्रायः छ । असारमा कर तिर्ने महिनाका रुपमा व्यवसायीहरुले बुझ्ने गरेका छन् । गत वर्ष पनि सरकारले असार महिनामा निषेधाज्ञा हटाएर कर तिर्न निर्देशन दिएको थियो ।