सिरहाको मिर्चैयामा गो ली चलेको छ । त्यहाँ एक व्यवसायीमाथि शनिवार बेलुका गो ली हा नि ए को हो । उक्त घटनामा मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफी घाइते भएका छन् ।

उनी आफ्नो मेडिकलमा बसेर बेलुकाको हिसाव गरिरहेका थिए । त्यसवेलै उनीमाथि पसलमै ३–४ जनाको समूहमा आएका नचिनेका व्यक्तिहरुले यस्तो घटना गरेका हुन् । साफीको दाँया खुट्टा र हातमा चोट लागेको छ । उनलाई तत्काल स्वास्थ्य संस्था लगिएको थियो । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ ।

प्रहरीका अनुसार साफी पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको थियो । त्यही मौका छोपी नचिनेका मान्छेहरुले यस्तो घटना गराएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको बताए ।

अहिले घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्वीर