अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिक आफन्तहरुलाई विदेशमा रहेका आफन्तहरुले भेट्न आउनका लागि बी थ्री श्रेणीको भिजिटर भिसाको व्यवस्थासहितको बिल संसदमा पेश गरिएको छ ।

यो बिल पारित भएमा अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिकका विदेशमा रहेका आफन्तहरु ९० दिनसम्म बी थ्री श्रेणीको भिसामा अमेरिका आउन सक्नेछन् ।रिपब्लिकन सिनेटर र्याण्ड पल र डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले यो बिल सिनेटमा सावैजनिक गरेका हुन् ।

यो बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सांसद स्कट पिटर्स र रिपब्लिकन सांसद मारिया अल्भिरा सलाजारले पेश गरेका थिए । अस्थायी परिवार भेटघाट ऐन नामको यो बिल दुईदलका सांसदका तर्फबाट पेश गरिएकाले पारित हुने सम्भावना रहेको छ ।यो बिलले आफन्त भन्नाले दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरी,

२१ बर्ष नाघेका विवाहित र अविवाहित छोराछोरी, नातिनातिनी, बुबाआमा, हजुरबा हजुरआमा, दाजुभाई दिदीबहिनी, काकाकाकी, भतिजा, भतिजी, भान्जाभान्जी लगायत पर्छन् । बिल पारित भएमा उनीहरु बी थ्री भिसामा अमेरिकामा रहेका नागरिक वा ग्रिनकार्डवाहक आफन्तलाई भेट्न आउनसक्नेछन् ।