काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका-७ मा प्रहरी र तस्करबीचभिडन्तमा भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ ।

नेपालभारत सीमा नजिकै भएकोभिडन्तमा भारतीय नागरिक २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाले रातोपाटीलाई बताए ।

डिएसपी थापाका अनुसार तस्करको साथबाट प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने मेसिन र लागुऔषध बरामद गरेको छ ।

गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए ।

प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।