घरमा छोरी हुने परिवारलाई नेपाल सरकारले निशुल्क दिने भयो अब यस्तो सुविधा ! काठमाडौ । प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ ।

छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो ।

See हुनेकी नहुने भने विषयमा यकाबिहानै राष्ट्रिय परीक्षा बोर्ड बाट आयो यस्तो खबर?
सामाजिक दुरी कायम गरेर वा अनलाइनबाट भएपनि माध्यामिक शिक्षा परीक्षा एसईई सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसका लागि वैकल्पिक भनिएको अनलाइन वा सामाजिक दुरी कायम गरेर भएपनि परीक्षा सञ्चालन गर्नुपर्ने निष्कर्षमा बोर्ड पुगेको छ ।

गएको वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्दा चर्को आलोचना र अस्तव्यस्त भएपछि यसपटक बोर्डले विद्यालयलाई जिम्मा दिएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

यद्यपी यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय आउन बाँकी छ ।
कोभिड १९ महामारीका कारण भौतिक उपस्थितीमा बोर्डले तयार पारेका प्रश्नपत्र र कापी बाँडेर परीक्षा गर्ने सम्भावना कम हुँदै गएका बेला विद्यालयबाटै परीक्षा सञ्चालन गरेर मात्रै नतिजा निकाल्ने तयारी अघि बढेको हो ।