काठमाडौं– नेपालमा आज थप ४३६९ जनालाई को’रोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार १० हजार ९८६ जनाको पीसीआर र ६६७ जनाको एन्टीजेन परीक्षण हुँदा पीसीआरमा ३ हजार ७०२ र एन्टीजेनमा ६६७ जनालाई पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १०९ संक्रमितको मृ’त्यु भएको छ । सोही अवधीमा ६ हजार २०५ जना को’रोना मुक्त भएका छन् । उता ओखलढुंगामा को’रोना संक्रमणबाट मृ’त्यु भएका व्यक्तिको शव व्यवस्थापनमा चु’नौती देखिएको छ । स्थानीय तहले संक्रमित मृ’तकको शव ब्यवस्थापनका लागि उचित स्थलको पहिचान गर्न नसक्दा शव व्यवस्थापनमा चु’नौती देखिएको हो ।

ओखलढुंगा सामुदायीक अस्पतालमा शनिबार बिहान मृ’त्यु भएका दुई मध्ये एक मृ’तक संक्रमितको श’व ब्यवस्थापनका लागि स्थान अ’भाव हुँदा २४ घण्टासम्म मृ’तकको श’वलाई अस्पतालमै राख्नु परेको छ । यसअघि नियमित मृ’तकको श’व ब्यस्थापन गर्दै आएको स्थानमा स्थानीयले को’रोना संक्रमित व्यक्तिको ब्यस्थापन गर्न नदिएपछि श’दग’द स्थलको अभाव भएको हो ।

को’रोनाका कारण मृ’त्यु भएका व्यक्तिको यसअघि श’व ब्यवस्थापन गरिएको स्थल लिपे खोलमा स्थानीयले श’व स’दग’द गर्न दिएका छैनन् । जसका कारण जिल्लामा को’रोना संक्रमणका कारण मृ’त्यु भएका व्यक्तिको ’शव व्यवस्थापनमा स’मस्या देखिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् ।

सरकारको निर्देशन अनुसार कोरोना संक्रमित व्यक्तिको मृ’त्यु भएमा उनीहरुको श’व व्यवस्थापनका लागी स्थानिय तहले स्थान पहिचान गर्नुपर्ने उल्लेख छ । तर जिल्लामा मृ’तकको श’व व्यवस्थापन गर्ने स्थलको अ’भाव हुँदा मृ’तकको श’व व्यवस्थापनमै चु’नौती देखिएको प्रजिअ राईको भनाई छ ।

स्थानीयको वि’रोधपछि सिद्धिचरण नगरपालिकाले को’रोना संक्रमणबाट मृ’त्यु भएका व्यक्तिको श’व ब्यवस्थापनका लागी उ’चित स्थलको खोजी गरिरहेको जनाएको छ । नगरपालिकाले मृ’तक को’रोना संक्रमितको श’व ब्यस्थापन गर्न सिस्नेखोला किनारलाई प्रजिअ सामु प्रस्ताव गरेको छ ।

प्रमुख जिल्ला अधिकारीलाई नगरप्रमुख मोहन कुमार श्रेष्ठले मौखिक रुपमा प्रस्ताव गरेकाले लिखित रुपमा निर्णय भएर आए सोही स्थानलाई मृ’तकको श’व ब्यस्थापन स्थल बनाईने जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाले जनाएको छ ।