को’रोना संक्रमित तल्कोट गाउँपालिका–५ ललितपुरका ७० वर्षीय प्रेम विकलाई गाउँलेले लखेटेका छन् ।स्वास्थ्यमा स’मस्या आएपछि ८ जेठमा उनले जिल्ला अस्पताल बझाङमा पिसिआर परीक्षण गराएका थिए ।

परीक्षण गर्दा रिपोर्ट पजिटिभ आएपछि उनी दुई दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसे । त्यसपछि होम आइसोलेसनमा बस्ने भन्दै घर हिँडेका विक छिमेकी गाउँपालिका मष्टामा आफन्तको घर जान भनेर हिँडे । मष्टा गाउँपालिका–६ स्थित आफन्तको घर पुगेका विकलाई को’रोना लागेको थाहा पाएपछि गाउँलेले लेखेटेका हुन् ।

गाउँलेले ल’खटेपछि दुई दिनसम्म उनले भोकभोकै बसे । विकको परिवारमा कोही पनि छैनन् । आफन्तको श’रणमा गएका विक गाउँले नै लखेटेपछि साह्रै स’मस्यामा परेका छन् । स्थानीयले नै तल्कोट गाउँपालिका घर भएका विक मष्टा गाउँपालिकामा दुई दिनसम्म खाना नपाएर छ’टपटाएको खबर तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टलाई जानकारी दिएका थिए ।

सो खबर पाएलगत्तै विष्टले तत्काल तल्कोट गाउँपालिका स्वास्थ्य चौ’की इ’न्चार्ज राजु विकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली ख’टाई वृद्धको उद्घार गरेका छन् । हाल उनी तल्कोट गाउँपालिकाको आइसोलेसनमा बसेका छन् ।‘को’रोना लागेपछि न घरकाले हेरे, न त आफन्तले नै ।

आफन्तको आ’सभरोसामा मष्टा गएँ, त्यहाँ पनि गाउँलेले झन्डै ढुं’गा हा’नेर मा’रेको । दुई दिनसम्म भोकै छु,’ आइसोलेसनमा रहेका कामीले भने ।घरमा कोही नभएका वृद्घलाई को’रोना लागेपछि गाउँघरमा समेत बस्न दिइएन । त्यसैले अहिले उनी गाउँपालिकाको आइसोलेसनमा उपचार गराइरहेका छन् ।

‘को’रोनाका कारण आफन्तको घर मष्टा गाउँपालिकामा गएका विकले खान र बस्न नपाएपछि भौँ’तारिरहेका थिए,’ तल्कोट गाउँपालिका स्वास्थ्य इन्चार्ज राजु विकले भने, ‘चिन्ताजनक अवस्थामा रहेका विकलाई हामीेले मोटरसाइकलमा लिएर आयौ र उपचार गराइरहेका छौँ ।’ दुई दिनसम्म भोकै भएकाले विकको र’क्तचाप एकदमै कम भएको र स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए ।

बझाङमा हालसम्म पजिटिभ रिपोर्ट आएका मानिस आइसोलेसन र होम आइसोलेसनमा बसेका छन् । जिल्ला अस्पताल बझाङमा पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण गरेका झन्डै ३० प्रतिशतमा रिपोर्ट पजिटिभ आउने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए ।