लिस्वन, पोर्चुगल । पोर्चुगलस्थित नेपाली नारी समाजद्धारा संकलित रकम को’रोना संक्रमितको उपचारका लागि पठाइएको छ । समाजले चार लाख ५६ हजार सात सय उनान्नब्बे रुपैयाँ रवि लामिछाने फाउण्डेशनलाई हस्तान्तरण गरेको हो ।

को’रोना पी’डितका लागि आवश्यक अक्सिजन लगायतका स्वास्थ्य सामाग्री खरिदका लागि उक्त रकम पठाएको समाजकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले जानकारी दिइन । उनले संकलित रकमले को’रोनाबाट पी’डित अति वि’पन्न वर्गको उपचारका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

‘हामीले पोर्चुगलमा रहेका नेपाली स’मुदायको साथ र सहयोगमा यतिका रकम पठाउन सकेका हौं ।’ उनले भनिन्, ‘अति विपन्न वर्गको उपचारमा रकम खर्च हुनेछ ।’अध्यक्ष श्रेष्ठका अनुसार सहयोग रकम मंगलबार सिर्जना बुर्लाकोटीले चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई हस्तान्तरण गरेकी हुन ।

दा’ताहरुबाट संकलन भएको केही रकम ढि’लागरी संकलन भएकोले समाजको खातामा मौ’ज्दात भएको र सो रकम पनि पठाउने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।समाजले यसअघि पनि फा’उण्डेनलाई सहयोग गरेको थियो ।