चीनमा झन्डै ३ करोड केटाहरू विवाह गर्ने केटी नपाएर अविवाहित बसेको एक तथ्यांकले जनाएकाे छ ।केहीदिन अघि सार्वजनिक भएको चिनको सातौं जनगणनाको तथ्यांकले छोरीहरूको जन्मदर केही बढेको देखाएता पनि धरै अभिभावहरूले छोरा जन्माउने प्रवृत्ति अझै कायमै रहेकाे देखिन्छ।

सन् १९७९ मा सुरू भएर २०१६ मा सकिएको चीनको ‘एक बच्चा’ नीतिले पनि छोरीहरू गर्भमै मारिने र छोरामात्रै जन्माउने प्रवृत्तिलाई बढवा दिएको पाइछ ।त्यसकारण विवाहका लागि केटी नपाउने समस्या अाएकाे विज्ञ बताउने गर्दछन् ।

छोरा र छोरीको जन्ममा यत्रो फरक हुनाले चिनियाँ समाजले अहिले पनि छोरा नै महत्व दिएको देखिन्छ। हङकङ युनिभर्सिटी अफ साइन्स अफ टेक्नोलोजीका प्राध्यापक स्टअर्ट जिटेन-बास्टेनले चिनियाँ समाजमा यो समस्या अझै लामो समयसम्म रहने बताए ।’

चीनमा सामान्यत: केटाहरूले आफूभन्दा कान्छी केटीसँग विवाह गर्ने गर्दछन् ।तर अहिले त केही केटाहरू विवाहका लागि निकै बुढा भइसकेका छन्,’ उनले भने,‘अर्कातिर अहिले धेरै महिलाहरू एक्लै बस्न थालेका छन् । यसले विवाह प्रणालीलाई नै समस्यामा पारिदिएको छ।’

गत वर्ष जन्मिएका बच्चाहरूको तथ्यांकलाई नै आधार मान्ने हो भने जब उनीहरू विवाह गर्ने उमेरमा पुग्नेछन् त्यतिबेला ६ लाख केटाहरूले विवाहका लागि केटी पाउने छैनन्। सिआनको जियाटोङ विश्वविद्यालयका जनसंख्याका प्राध्यापक जियाङ क्वानबाओका अनुसार सन् १९८० देखि २०३० को बीचमा चीनमा छोरीहरूभन्दा झन्डै ४ करोड बढी छोरा जन्मिएका थिए।

त्यही भएर अहिले विवाहका लागि केटी नपाउने समस्या भएको हो। जबकी जनसंख्याको स्थायित्वका लागि त्यो दर २.१ प्रतिशत हुनु पर्छ। चीनमा निम्न वर्गमा पुरूषहरूले विवाहका लागि केटी नपाउने समस्या बढी झेल्नु परिरहेको छ।चीनको तथ्यांक विभागले अहिले चीनमा एक महिला सरदर १.३ बच्चा जन्माउँछन्।