काठमाडौ । प्रेग्नेन्सीका विषयमा प्रियंकाले दिएका उटपट्याङ प्रतिक्रियाहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । खासगरी टीकटकमा भाइरल भएको प्रियंकाको एउटा अभिव्यक्ति यस्तो छ स्

‘आयूष्मानले के भने भने, ल ठीक छ । अब डिसेम्बरमा बेबी पाउने हो भने अप्रिल–मेतिर ट्राइ गर्नुपर्‍यो नि त । तर, अप्रिल मेमै फस्र्ट ट्राइ नगरौं । अगाडि पनि ट्राइ गर्दै जाउँ न । अप्रिल मेमा ट्राइ गर्नेवित्तिकै प्रेग्नेन्ट हुन्छ भन्ने त छैन । सो लेट्स ट्राइ कपल अफ टाइम्स भनेर, हाम्रो चैं फस्र्ट ट्राइ थियो क्या यो, जुन हामीले ट्राइ गर्‍यौं ।

ल अब चाहिँ ट्राइ गर्न स्टार्ट गर्ने, बिस्तारै ट्राइ गर्दै जाने, डिसेम्बरमा बेबी पाउने गरी । त्यो केसमा चाहिँ हामी यस्तो लक्की भयौं कि फस्र्ट ट्राइमै प्रेग्नेन्ट भयौं क्या ।’ प्रियंकाले आफ्नो पेटभित्रको बच्चाको विषयमा पनि विभिन्न अनुभव सेयर गरेकी छन् ।

उनी भन्छिन्, ‘म बुझ्न खोज्छु, मेरो बेबी पेटभित्र किन चलिरा’को होला । सर्टेन पार्ट अफ द बडी कतातिर चल्यो भन्ने पनि थाहा हुन्छ नि अहिले त । तल पेटमा हो कि, अलि माथि हो कि । अस्ति एकचोटि चाहिँ मलाई एकजनाले भन्नुभयो, खाटमा पल्टेर सबैतिर छाम ।

अनि जहाँ कडा पार्ट छ, त्यो चाहिँ टाउको हो भनेर सिकाउनुभाकोथ्यो । अस्ती आयूष र म खाटमा पल्टेर छामेर कहाँ कडा भेट्टाउँछ भनेर ट्राइ गर्‍यौं क्या‘ यस्तो यस्तो मोमेन्टहरु धेरै मूल्यवान हुन्छन् ।’

प्रियंकाका यस्ता बयानमा रमाइला टिप्पणीहरु आएका छन् । कतिपयले चाहिँ उनले आफ्ना नितान्त गोपनिय विषयहरु पनि छताछुल्ल पारेको भन्दै ‘घटिया प्रपोगण्डा’ को संज्ञा दिएका छन् ।

श्रवण मगरले लेखेका छन्, ‘अहिलेसम्म यसले मात्रै बच्चा पाकोजस्तो हल्ला गर्दैछे त ।’ सविता श्रेष्ठले लेखेकी छन्, ‘होइन, यो हिरोइनले हात्ति नै जन्माउन लागेकी हो कि क्याहो ?’