काठमाडौ । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी गरिएको छ । कोभिड संक्रमण नघटेपछि पुनः एक साता निषेधाज्ञा थप्‍ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

काठमाडौँ जिल्लामा अझै दैनिक १५ सयमाथि संक्रमित थपिएका छन् । मृत्यु पनि २५ जनाभन्दा बढीको भएकाले तत्कालै निषेधाज्ञा खुकुलो हुने अवस्था नरहेको उहाँले बताउनुभयो ।

पहिलो चरणको वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको उपत्यकामा त्यसपछि दुई पटक समय थप गरिएको थियो । पछिल्लो पटक लगाइएको निषेधाज्ञा जेठ १३ गते राती १२ बजे सकिदैछ ।

अन्य समाचार : नायिका सुरक्षा पन्तको चित्त दुख्यो कारण यस्तो छ अभिनेत्री सुरक्षा पन्तले चित्त दुखाएकी छिन् । आफूले अभिनीत गरेको सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट मुभी ‘नाम’र्द’को हुबहु कपी भएको भन्दै यी नायिकाले चित्त दुखाएकी हुन् ।

उनी फेसबुकमा लेख्छिन्, ‘हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा, कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ।पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला । कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ ।

ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म । त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु ।
तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न । इन्टर्नेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो ।

उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु । यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ। अर्को एउटा महत्वपुर्ण पाठः टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।’