इजरायलमा जन्मेकी १९ वर्षीया मोडल येल शेल्बियालाई टीसी क्यालेन्डरको संसारका सबभन्दा सुन्दर अनुहारको वार्षिक सूचीमा पहिलो स्थान प्राप्त भएको छ । इन्स्टाग्राममा १इ लाखभन्दा बढी फलोअर भएकी येल विलासी जीवनशैलीका कारण चर्चित छिन् ।

तर यस जीवनशैलीका कारण उनले अन्लाइनमा घृ णाको पनि सामना गर्नुपरिरहेको हुन्छ । येलले १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी हुन् । एक स्थानीय फोटोग्राफरले इन्स्टाग्राममा उनका तस्वीरलाई नोटिस गरेपछि फोटोशूटमा भाग लिन लगाए । त्यसपछि उनको मोडलिङ करीयर शुरू भयो ।

येल अहिले ३६ वर्षीय अर्बपति ब्रान्डन कोर्फलाई डेटिङ गरिरहेकी छन् । उनले किम कार्दाशियान र काइली जेनर जस्ता सेलेब्रिटीको स्किन रेन्ज प्रोडक्ट्सका लागि मोडलिङ पनि गरेकी छन् । फूटबलर लियोनल मेस्सीसँग ​पनि उनले काम गरिसकेकी छन् ।