पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार नेपालमा नयाँ भेरियन्ट अर्थात् ‘भारतीय भेरियन्ट’को कोरोनाभाइरस फैलिएको पुष्टि गरेको छ । कोरोना परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशत नयाँ भेरियन्टको कोरोना फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट पहिलो पटक छिमेकी मुलुक भारतमा फेला परेको हुनाले यसलाई ‘भारतीय भेरियन्ट’ पनि भनिएको हो ।

मंगलबार प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटा) बी १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी १.६१७.१ पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । हाल नेपालमा देखिएको नयाँ भेरियन्ट कस्तो भाइरस हो ?, कुन उमेर समूहका व्यक्ति बढी प्रभावित हुन्छ ? र अघिल्लो भेरियन्टको तुलनामा यो कति घातक छ ?

“भारतसँग खुला सिमाना रहेको नेपालमा पछिल्लो समय तीव्र गतिमा सङ्क्रमण बढ्न थालेपछि भारतमै देखिएको भेरिअन्ट हो कि भन्ने आशङ्का थियो।” “त्यो चाहिँ अहिले सत्य साबित भएको छ,” उक्त भेरिअन्टको प्रकृतिबारे “यो मानव शरीरमा अलि धेरै सङ्क्रामक हुनसक्छ र एन्टिबडी विकास भइसकेका मान्छेमा पनि एन्टिबडीले अलिकति कम काम गर्छ भन्ने देखिएको छ।” “तर वास्तवमै यसको के कति प्रभाव छ भन्ने कुराको निर्क्योल हुन अझ बाँकी नै छ।”