काठमाडौ । अक्सिजनको अभावमा अस्पतालमा विरामी छटपटिएको बेलामा अब नेपालमै अक्सिजन सिलिण्डर उत्पादन हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादनको सफल परीक्षण गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डर परीक्षणको शुभारम्भ गरेका छन्।

अस्पतालमा अक्सिजनको चरम अभाव भए पछि मन्त्री श्रेष्ठले त्यसको उत्पादनको सम्भाब्यता वारे नाष्टका वैज्ञानिकसँग छलफल गरेका थिए । सफल परिक्षण पछि अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसाग छलफल गरी व्यवसायिक उत्पादन गर्न अनुमति दिने नाष्टका प्रविधी संकाय प्रमुख डा। रविन्द्र ढकालले बताए ।

उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा ।सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यावाद दिएका थिए ।