नेपालमा आज फेरी को’रोना संक्रमित बढेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९२४७ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।

Ads by AdMana.net
आज थपिएका संक्रमितसँगै नेपालमा संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय १४ जनाको ज्यान गएको छ। यस्तै, थप ५ हजार ७ सय ६७ जना उपचार पछि को’रोनामुक्त भएका छन्। नेपालमा संक्रमणमु’क्त भएको दर ७४ दशमलव ४ प्रतिशत छ ।

अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ जना सं’क्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार काठमाडौंमा २३४६, ललितपुमा ४५४ र भक्तपुरमा २९८ गरी गएको २४ घण्टामा उपत्यकामा ३ हजार ९८ जनामा संक्रमण भएको छ ।त्यस्तै काठमाडौंका सरकारी अस्पतालमा को-भि’ड -१९ ओपिडी सुरु भएको छ ।

को-भि’ड-१९ पोजेटिभ भएका संक्रमितको अवस्था बुझ्न र आवश्यक उपचार व्यवस्था मिलाउन ओ’पिडी सुरु गरिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त ओपिडीमा को-भि’ड पोजेटिभ भएका व्यक्तिले आफ्नो अवस्था हेर्न सक्ने बताए । उनले भने, ‘यो ओपिडीमा को-भि’ड संक्रमितहरुले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जाँच गर्नेछन् ।

जाँच गर्दा सामान्य छ भने भएमा घरमा पठाउने, अक्सिजन चाहिए ओपीडीमै दिने दिने र हेर्ने, गम्भीर अवस्था देखिएमा अस्पतालमै भर्ना गर्ने व्यवस्था मिलाइने छ ।’उनले यो व्यवस्थाले संक्रमितहरुलाई ढुक्क हुने र अस्पताल व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए ।

‘अहिले कतिपय संक्रमितहरु अस्पतालमा बेड पाइदैन भनेर घरमै त’नावग्रस्त अवस्था रहेका छन् । कतिपय संक्रमितहरु सामान्य अवस्था हुँदा हुँदै पनि ड’रले अस्पतालमै गएर बसिरहेका छन् । अव ओपिडी सुरु भएपछि संक्रमितको रिपोर्ट हेरिन्छ । आवश्यक परामर्श दिइन्छ ।

घरमा बस्नु पर्ने कि ? अक्सिजन लिनु पर्ने कि ? भर्ना हुनु पर्ने कि ? घरमा बस्दा के गर्ने ? कस्तो अवस्थामा अस्पताल आउने ? यी सबै परामर्श पछि संक्रमितलाई थप सहज हुने भयो,’ डा गौतमले भने ।मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ठूला सरकारी अस्पताल र निजी अस्पताल गरी कुल १३ वटा अस्पतालमा अहिले ओपिडी सहितको आकस्मिक सेवा शुरु भएको बताए ।

उनले कुनै पनि संक्रमितले अस्पतालमा गएर आफ्नो अवस्थाको बारेमा जानकारी लिन सक्ने जानकारी दिए ।मन्त्रालयले वीर अस्पताल र ट्रमा सेन्टर, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनीमा यी सेवा उपलव्ध रहेको बताएको छ ।

यस्तै पाटन अस्पताल, भक्तपुर अस्पताल, नेपाल प्रहरी अस्पताल, मनमोहन अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौँ मेडिकल कलेज सिनामंगल, किष्ट अस्पताल ग्वार्को र धुलिखेल अस्पताल काभ्रेमा यो सेवा शुरु भएको जनाएको छ । यी अस्पतालहरुले वरपरका अरु साना र सहायक अस्पतालहरुलाई थप सहयोग चाहिएको खण्डमा समेत समन्वय र सहयोग गर्ने बताइएको छ ।