मोरंग । मोरङको लेटाङमा एक युवाको छु रा प्र हा र ग रेर ह त्या ग रि ए को छ। लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको छु रा प्र हा रबाट मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले आपसी विवादका क्रममा शुक्रबार राति रोमनमाथि छु रा प्र हा र गरेका हुन्। लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद रोमनसँग भएको थियो। विवादकै क्रममा दुईजनाले छु रा प्र हा र ग रे को जनाइएको छ ।

घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ। घटना स्थलमा स्थानीय संग गरेको कुराकानी तल भिडियोमा हेर्नुहोला ।