काठमाडौ । राष्ट्रिय सभा सदस्य कोमल वलीका बारेमा आन्दोलनरत नेकपाका नेता रघुजी पन्तले दिएको अभिब्यक्तिका बारेमा अहिले निकै आलोचना भएको छ । उनी पन्त विरुद्ध अदालत जाने भएकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो अभिब्यक्ति दिएको भएपनि पहिलो पटक टेलिभिजनमा आएर आगो ओकलेकी छन् ।

उनले आफुले लामो समय देखि मुलुकको लागि काम गरेका कारण आफ्नो योगदानको अवमुल्यन नगर्न चेतावनी दिइन् । उनले ४ वर्ष देखि कम्युनिष्ट पार्टीमा पनि आफ्नो भूमिका रहेको बताउँदै आफु कम्युनिष्टको हिरा र हिमाल भएको बताइन् । आफु विरुद्ध अमर्यादीत टिप्पणी गरेका कारण उनी अदालत जाने भएकी हुन् । उनी पत्रकार ऋषी धमला प्रति पनि निकै आ क्रो शित भएकी छन् ।

उनले कला र खेलकुद क्षेत्र र पत्रकारीताका माध्यमवाट मुलुकलाई योगदान दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफ्नो क्षमता चिनेर कम्युनिष्टमा ल्याएको बताइन् । उनले सबै क्षेत्रले मुलुकका लागि योगदान दिएको भन्दै आफु कुनै मानेमा पनि कमजोर नभएको बताइन् । नेता पन्तले पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरे पछि उनको आलोचना भएको छ ।

एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्। पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको टिप्पणी पनि गरेकी छिन्। नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन्।