काठमाडौँ– चार दिनअगाडि उनको मुखमा मास्क जोडिएको थियो। संक्रमणका कारण शि’थिल भएको शरीर सकिनसकी चलाउने प्रयास गरिरहेकी थिइन्। निको हुन्छु वा हुन्न भन्ने भय उनको मुहारमा प्रस्टै देखिन्थ्यो। उपचारपछि निको भए पनि अस्पतालबाट घर कहिले जाने उनलाई पत्तो थिएन। नियमित श्वा’सप्रश्वास प्रक्रियामा कहिले फर्किन्छु भन्नेबारे पनि उनी अनभिज्ञ थिइन्। तर त्यो दिनका लागि उनले लामो समय भने कुर्नुपरेन। अस्पताल बसाइको चार दिन अर्थात् शुक्रबार उनी आफ्नो नियमित श्वा’सप्रश्वास प्रक्रियामा फर्किइन्।

र, कोटेश्वरकी ४७ वर्षीया संगीता खातीको नाकमा जोडिएको अक्सिजन निकालियो। आधा अनुहार मास्कले छेकिए पनि आँखामा खुसी झ’ल्किरहेको थियो। त्यो खुसी उनलाई टेकु अस्पतालले दिएको थियो। शुक्रबार बिहान करिब १० बज्नै लाग्दा डाक्टर राउन्डमा थिए। उनी एक–एक गर्दै अस्पतालको पेटीमा उपचाररत बिरामीको चे’कजाँच गरिरहेका थिए।

सबै बिरामीलाई उनीहरूको अवस्थाबारे जानकारी गराउँदै थिए, डाक्टर। पालै–पालै बिरामी हेर्दै अगाडि बढेका डाक्टर संगीताकहाँ पुगे। संगीताको चोर औँलामा अक्सिमिटर लगाएको एकछिनमा उनले संगीतालाई पुलुक्क हेर्दै भने, ‘ल तपाईँको अक्सिजन लेभल एकदम ठीक छ।’

अब संगीतालाई कृत्रिम श्वा’सको आवश्यकता नपर्ने उनले बताए। डाक्टरको कुरा सुनेर संगीता दंग परिन्। संगीताकै छेउमा उभिरहेका उनका छोरा अनिललाई उनले भने, ‘आमालाई घर लिएर गए हुन्छ। उहाँको सबै कुरा नर्मल भइसकेको छ। यहाँ राखिरहँदा जो’खिम हुन सक्छ।’

अस्पतालले उनको डि’स्चार्जको तयारी सुरु गर्‍यो। त्यही तयारीमा जु’टेका थिए अनिल पनि। अस्पतालले आमालाई डिस्चार्ज गरेको कागजपत्र हातमा बोकेर अनिल घर जाने इन्तजामका साथ अस्पतालबाहिर लागे। निस्केको केही मिनेटमै अनिल ट्याक्सी चढेर आए।

र, आमालाई ट्याक्सीसम्म पुग्नका लागि मद्दत गरे। त्यतिन्जेल संगीताको बायाँ हातमा लगाएको ‘क्या’नोला’ डाक्टरले निकालिसकेका थिए। छोरा सहयोग गर्न उनीसम्म पुगे पनि संगीता आफैँ उ’ठिन्। उनले छोरालाई आफैँ हिँड्न सक्ने संकेत गर्दै अस्पताल बस्दा प्रयोग हुँदै आएका सरसामान बोक्न आग्रह गरिन्।

अनिलले सामान बोके। संगीता छोराको पछाडि–पछाडि विस्तारै ट्याक्सीसम्म पुगिन्। सामान मिलाउँदै गरेका अनिलले भने, ‘मम्मी निको भइसक्नुभएको छ रे ! अस्पतालमा नयाँ नयाँ भेरियन्टका बिरामी आउने भएकाले मम्मीलाई गा’ह्रो हुन सक्ने भएकाले डिस्चार्ज गरिदिनुभएको हो।’

आमा निको भएको खबर सुनाइसक्दासम्म सामान ट्याक्सीमा राखिसकेका अनिलले डि’क्की अलि बलले लगाए। अनि आमाका लागि ढोका खोलिदिए। ढोकाको आड लाग्दै उनी ट्याक्सीभित्र पसिन्। अनिलले आमालाई सोधे, ‘भयो,’ संगीताले उत्तर दिइन्, ‘अँ भयो। लगाइदे।’

अनिलले ढ्या’प्प ढोका लगाइदिए। र, अर्कोपट्टिको ढोका खोल्दै आफू पनि ट्याक्सीभित्र छिरे। संगीता झ्यालबाट एकटक हेरिरहेकी थिइन्, अस्पताललाई।’ संगीताले कृतज्ञताको भावमा अस्पताललाई हेर्दा हेर्दै ट्याक्सी आफ्नै गतिमा अगाडि बढ्यो। श्वास फे’र्न गाह्रो भएपछि संगीतालाई अनिलले वैशाख २८ गते राति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा बे’ड अ’भाव भए पनि अन्य बि’रामीलाई जस्तै उनलाई पेटीमै राखेर उपचार सुरु गरिएको थियो। उपचारका लागि सबैभन्दा धेरै उनलाई अक्सिजन आवश्यक परेको भन्दै अस्पतालले अक्सिजन दिएको थियो। अक्सिजन पाएपछि संगीतालाई श्वा’स फे’र्न सहज हुँदै गयो। उनी उठेर बस्न सक्ने भइन्।

छोरा अनिलसँग दुई–चार बात मार्न सक्ने भइन्। आमा निको हुँदै गएपछि अनिललाई आमा नि’को हुन्छिन् भन्ने आशा पलाएको थियो। आमा निको भएर अस्पताल छा’ड्दै गर्दा अनिलको खुसीले उ’ज्यालिएको थियो। पेटीमै राखेर भए पनि आमाको उपचार गरिदिएकामा अनिलले अस्पताललाई भन्दै थिए, ‘धन्यवाद टेकु अस्पताल जसले गर्दा आमा निको हुनुभयो।’ देस संचारबाट