काठमाडौं– नेपालमा पछिलो २४ घन्टामा थप ८५२० जनालाई कोरोना पुष्टि भएको छ भने २०३ जनाको ज्यान गएको छ ।पछिल्लो २४ घन्टामा देशभर २० हजार ९ सय ४८ आरटी पिसिआर र ५ सय ३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । यीमध्ये १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।काठमाडौंमा २ हजार ४ सय ५८, ललितपुरमा ५ सय ५६ र भक्तपुरमा ३ सय ३५ जना गरी उपत्यकामा ३ हजार ३ सय ४९ जना संक्रमित थपिएका छन् ।

शुक्रबार देशभर ६ हजार १ सय ३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार १ सय ३५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २७ हजार ६ सय ५३ जना पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको छ ।त्यस्तै यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । उता गण्डकीमा पछिल्लो २४ घण्टामा गण्डकीमा ६८० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गण्डकीका १७५८ जनाको नमुना परीक्षण गर्दा ६८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।आज थपिएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३०६ जना, तनहुँका २७ जना, गोरखाका ७४ जना, लमजुङका ४६ जना र नवलपुरका ८७ जना छन् ।

यस्तै, स्याङ्गजाका २३ जना, पर्वतका ६१ जना, बाग्लुङका ४ जना र म्याग्दी जिल्लाका ५२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २६ हजार ६३३ पुगेको छ । जसमा, ७ हजार २५७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ जना कोरोनामुक्त भएका छन् ।

योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ३५ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना संक्रमितको मृ’त्यु दरमा रेकर्ड ब्रे’क भएको छ ।जारी विज्ञप्ति अनुसार आज कोरोना पुष्टि भइ थप २३ जनाको मृ’त्यु पुष्टि भएको छ ।मृ’तकहरु मध्ये २२ जनाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो भने, एक जनाको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा ज्यान गएको हो।

आज मृत्यु पुष्टि हुनेहरु कास्की जिल्ला पोखरा महानगरपालिकाका ९ जना, रुपा गाउँपालिकाका एक जना, पाल्पा जिल्ला घर भइ हाल पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक जना, स्याङ्गजाका ६ जना, बाग्लुङका तीन जना छन् भने, तनहुँ जिल्लाका तीन जना छन्। योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४१ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।