कुन आमा खुसि हुदैनन् होलार कि आफ्नो छोरा जन्मियो भनेर हो यस्तै खुसि भएकि थिइन् कुमारि पुन मगर ।बिस्तारै दिन हप्ता महिना हुँदै बर्ष बित्यो तर छोराको हालत सप्रनेत हैन झनझन बिग्रदै गयो ।आशाको किरणले पनि यो घरतिर कहिल्यै हेरेन ।

एघार बर्षको कलिलो उमेरमै उनलाइ मानसिको रोग जस्तो घातक बिरामले समात्यो ।छोरोलाई स्कुल पढाउनुपर्नेमा छोरोको खुट्टामा साङ्गलोले बाधेर राख्छु भनेर कुन आमाले सोचेको हुन्थ्यो होलार ।

आफ्नो छोरो बिग्रियोस् नासियोस् त कस्ले पो भन्थ्यो होला र ।आमा बुवा आफू डुबे पनि छोराछोरी उस्कियुन भन्छन् तर सबैलाइ यो लागु नहुदो रहेछ ।

यी बाबुका उमेरका सबै स्कुल जान्छन् राम्ररि बोल्छन् पनि तर आफ्नो छोरो यस्तो हुदा हद सम्मको दुख लाग्ने गरेको उनी बताउँछिन् ।छोरोको उपचारमै सारा पैसा सकियो र आर्थिक खभाव यतिसम्मकि घरमा चर्पिसमेत बनाउन नपाउदा अन्यत्रकोमा जाने गरेको पाइयो ।यी बाबुलाई काठमाडौं लगेर उपचार गर्न पाए हुन्थ्यो भन्ने सपना बोकेर आमा मिडियासमक्ष बिन्ति बिसाउछिन् । हेर्नुस् भिडियो सामाग्री