भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक भ’यानक घ’टना भएको छ । एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टाउको का’टेर प्रहरी कार्यालय पुगेका छन् । छोरीको का’टिएको टाउकोसहित थाना पुगेर उनले प्रहरी समक्ष आफूले ह’त्या गरेको बताएका हुन् । त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि पश्चातप नदेखिएको प्रहरीले जनाएको छ ।

उनले छोरीलाई एक केटासँग आप’त्तिजनक अवस्थामा फे’ला परेकाले ह’त्या गरिदिएको बयान दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनलाई प्रहरीले हिरा’सतमा राखेको छ । छोरीको का’टिएको टा उको उनले कुनै कपडाले नढाकीकन खु लै लगेका थिए । जसको संवेदनाहीन कर्मको तस्बिर भाइरल भएको छ । एजेन्सी

यो पनि , आयोगको बजेट तलब सुविधा मै ठिक्क
अर्थमन्त्रालयको रातो किताब अनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगलाई १२ करोड २४ लाख बजेट विनियोजन भएको छ । जसमा पदाधिकारी सेवा सुविधा ८० लाख, कर्मचारी तलब र प्रशासनिक खर्च ११ करोड ३४ लाख छ । तर, कार्यक्रम खर्च भने जम्मा १० लाख मात्रै । यसैबाट बुझ्न सकिन्छ, लक्षित समुदायको हकहित र अधिकारका लागि काम गर्ने आयोगहरूको ठूलो बजेट पदाधिकारी र कर्मचारीको तलब सुविधामै सकिन्छ ।

कार्यक्रमका लागि छुट्याइएको थोरै बजेट कनिका छरेजस्तो मात्रै हुँदा काम प्रभावकारी हुन सकेको छैन । कार्यभार सम्हालेको एक महिना पुग्दै गर्दा आयोगकी अध्यक्ष कमला पराजुली टेबलमा आइपुग्ने उजुरीका चाङ, आफ्नै कार्यालय, कर्मचारी र बजेट अभावलाई नजिकबाट महसुस गरेकी छन् । संवैधानिक हैसियतमा आइपुगेपछिका जिम्मेवारी, समस्या र चुनौति नितान्त फरक छन् । उनी भन्छिन्, ‘बाहिर कति ठूलो एक्स्पेक्टेसन छ, त्यो मिट गर्न यहाँ पूर्वाधार र स्रोतसाधन नै छैन ।’