मोरङ। साहित्यकार प्रकाश घायलको पहिलो कृति मुक्तक संग्रह ‘लाजको आग्लो’ को विमोचन गरिएको छ।

विराटनगरमा यसको विमोचन गरिएको हो। नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्व तथा श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सामूहिक रूपमा विमोचन गरिएको हो।

विमोचनका क्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले कृतिमाथि समालोचकीय दृष्टिकोण राखेका थिए। वरिष्ठ गजलकार प्रकट पगेंनी शिव तथा दुर्गा किरण तिवारीले प्रकाश घायलको लेखनी कलालाई शुभकामना दिएका थिए।

प्राज्ञ विवश पोखरेल, वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ, मीन कुमार नविदित, गजलकार मधु पोखरेल, प्राज्ञ गंगा सुवेदी मन्जुश्री, उमा सिजापती, तृष्णा कार्की तारा खत्री लक्ष्मी रायमाझी खड्का, राजन कार्की, प्रशुराम घिमिरेलगायत करिब ६५ जना स्रष्टा र साहित्य अनुरागीहरूको कार्यक्रममा उपस्थिति थियो।