मुम्बई– भारतीय टेलिभिजन गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ वर्तमान समयमा टेलिभिजनको सफल रियालिटी शो मानिन्छ ।यो शोले दर्शकमाझ एआर रहमान, जया प्रदा, आनन्दजी, जितेन्द्र, एकता कपूर, धर्मेन्द्र, हेमा मालिनी, रेखा र नीतू कपूरलगायतका सेलिब्रेटी उपस्थित गराइसकेको छ ।आजतकमा प्रकाशित समाचारअनुसार शोका प्रतिष्पर्धीहरु अरुणिता काञ्जीलाल, पवनदीप राजन, सवाई भट्टलगायतले आफ्नो सुरिलो र भावपूर्ण स्वरले कैयौंलाई प्रभावित बनाएका छन् ।

शोका सञ्चालक आदित्यनारायण झा हुन् । शोमा नेहा कक्कड विशाल र हिमेश रेशमिया निर्णायक छन् ।यी निर्णायकको पारिश्रमिकको कुरा गर्ने हो भने नेहाले प्रति एपिसोड सर्वाधिक पारिश्रमिक लिन्छिन् । उनी एक एपिसोड वापत ५ लाख रुपैंयाँ लिन्छिन् ।त्यस्तै विशाल ददलानी प्रति एपिसोड साढे चार लाख पारिश्रमिक लिन्छन् ।त्यस्तै हिमेश रेशमिया एक एपिसोडबापत ४ लाख रुपैंयाँ बुझ्छन् । शोका सञ्चालक आदित्य प्रति एपिसोड २ दशमलब ५ लाख रुपैंयाँ लिन्छन् ।

यो पनी पढ्नुहोस्ः यी हुन् निजी विमान भएका बलिउड कलाकारहरू । थाहा पाउनुहोस्

बलिउडका केही सेलिब्रेटीहरु आलिशान जीवन जिउनका लागि सिपालु छन् । उनीहरुले जीवनका सम्पूर्ण सुख–शयलहरु अनुभव गरिरहेका छन् । उनीहरु भव्य बंगलामा बसोबास गर्छन् भने लग्जरी कारमा यात्रा गर्छने ।यतिमात्र होइन, उनीहरु मध्ये केही कलाकारहरुसंग त निजी जेट नै छन् । एउटा शहरबाट अर्को शहरसुम्म जानु पर्दा उनीहरु आफ्नै नीजि जेटमा यात्रा गर्न मन पराउँछन् । आफ्नै निजी जेट भएका केही कलाकारकालाई हामीले यसरी समेटेका छौं ।

प्रियंका चोपडा
बलिउडदेखि हलिउडसम्म आफ्नो परिचय बनाउन सफल अभिनेत्री प्रियंका चोपडासंग निजी जेट छ । उनले उक्त जेटमा आफ्ना साथीहरुसंग रमाइरहेको फोटो पनि शेयर गरेकी छिन् । प्रियंका प्राय: अमेरिका–भारत आउने–जाने गरिरहन्छिन् । समय बचाउनका लागि उनी आफ्नै विमानबाट यात्रा गर्न रुचाउँछिन् ।

अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनको आज पनि थुप्रै प्रशंसक छन् । उनी अहिले पनि पहिले जति नै सक्रिय छन् । उनी पनि आफ्नो परिवारसंग बाहिर छुट्टि मनाउन जाँदा आफ्नै विमानमा यात्रा गर्न रुचाउँछन् । उनले आफ्नो विमानमा परिवारहरुसंगको फोटो पनि शेयर गरेका छन् ।

अक्षय कुमार
वर्षमा चार देखि पाँच वटासम्म फिल्ममा काम गर्ने अक्षय कुमार यति धेरै व्यस्त छन् , उनलाई परिवारसंग समय बिताउने समेत फुसर्द नै हुँदैन । वर्षमा एक पटक भए पनि अक्षय कुमार आफ्नै विमानमा परिवारसंग छुट्टि मनाउन जान्छन् । यसका साथै फिल्मको प्रमोशनमा जाँदा पनि उनी आफ्नै विमानको प्रयोग गर्छन् ।

शाहरुख खान
शाहरुख खानले सन् २०१६ मा एउटा अन्तर्वार्तामा ठट्टा गर्दै भनेका थिए –‘म एउटा प्लेन किन्न चाहन्छु, तर म संग त्यति धेरै पैसा छैन ।’तर किङग खानसंग एउटा त्यस्तो विमान छ, जसले उनको किङ साइज लाइफको बारेमा वयान गर्छ ।

अजय देवगन
अजय देवगन बलिउडका त्यस्ता अभिनेता मध्येका एक हुन्, जो लग्जरी गाडीका शौसिशख छन् । उनका गाडीहरुको कलेक्शनमा बीएमडब्ल्यू जेड४ देखि औडी ए ५ स्पोर्टब्याकसम्म छन् । अजयसंग पनि आफ्नै विमान छ । उनीसंग एयरक्राप्ट सिक्स हकर ८०० छ ।

शिल्पा शेट्टी
शिल्पा शेट्टी र उनका श्रीमान् राज कुन्द्रा भव्य जीवन जिउँछन् । उनीहरुको संसारको विभिन्न देशमा सम्पत्ति छ । उनीहरु पनि लामो यात्रामा जान पर्दा आफ्नै विमानको प्रयोग गर्छन् ।