मोरङ जिल्लाको उर्लाबारीका ३१ वर्षिय प्रबिन बास्तोलाको मृ त्यु प्रकरण अहिले सामाजिक संजालमा निकै चासोका साथ हेरिएको छ।मृ’तक प्रबिन बास्तोलाको बहिनी सदिक्षा बास्तोलाले आफ्नो फेसबुक वालमा लाईभ गरेपछि यो घ’टना बाहिरिएको थियो। त्यसपछि विभिन्न मिडियाहरु त्यो घ’टना बारे सत्यतथ्य बुझ्न उर्लाबारी पुगेका छन्।

मृ’तक प्रबिन बास्तोलाको मृ त्यु प्रकरणलाई उहाँका आफन्तले रहस्यमय छ,यो ह त्या नै भएको हो भन्दै दाबी गर्दै आएको छन्। गत षौष ४ गते आफ्ना साथीहरूलाई भेट्न आएका प्रबिन बास्तोलाको श’व पौष ५ गते हस्पिटलमा फेला परेको थियो।

तर परिवारजनले ह’त्या गरेपछि सरासर लुकाउनका लागि हस्पिटल पुर्याइएको,यो ह त्या नै गरिएको हो भनेर दाबी गर्दै आउनुभएको छ।जहाँ परिवारजनले प्रबिन बास्तोलाको श’व भेटिएको भनेर श’ङ्का गर्नु भएको त्यो घरमा एक मिडियाकर्मी पुगेका छन्। घरबेटी शर्मीला प्रदान गिरीले घ’टना बारे केही थप जानकारी दिएकी छिन्।

घरबेटी शर्मीला प्रदान गिरी-“त्यस दिन साढे ८ बजे तिर म माथि गएकी थिएँ, हामी माथि बस्छौं र यहाँ तल भाडा गरेर मानिसहरू बस्नु हुन्छ। साँझ साढे ८ बजे म माथि जाँदा सम्म उनिहरु आएका थिएनन्। प्राय जसो घरभाडामा बस्ने का लागि बेलुका अगाडिको गेट बन्द गरिन्छ र पछाडीको गेट खुल्ला गरिन्छ।

उनिहरू कतिबेला आएर सुते मलाई थाहा भएन। भोलिपल्ट बिहान उठ्दा बाहिर मृतक प्रबिन बास्तोलाको स्कुटर रहेछ ,त्यस बेला मृतक स्कुटर रहेछ भनेर उनलाई थाहा थिएन। म नियमित झैँ आफ्नो काममा लागे।

अनि त्यो कोठामा बस्ने एक युवक एक खिल्ली चुरोट लिएर आफ्नो काममा गए। त्यसपछि त्यो कोठामा ढोका लगाइयो वा जे गरे पनि हामीलाई थाहा भएन। हामीले चिहाएर हेर्न मिलेन भाडामा दिएको व्यक्तिलाई।” बाँकी हेरौँ यो भिडियोमा :-