काठमाडौं- नेपालमा कोरोना को संक्रमण बढे संगै निको हुनेको संख्या पनि बढिरहेको छ ।स्वास्थ्य मन्त्रलायले दिएको जानकारी अनुसार आज नेपालमा थप २९०५ जना क्रोनालाई जितेर्घर फर्किएका छन ।नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् ।

नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।पछिल्लो २४ घन्टामा नेपालमा ९ हजार १ सय ९६ मा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ४ सय ८२ नमुना परीक्षणमा ९ हजार १ सय ९६ मा संक्रमण पुष्टि भएको हो।

यो सँगै संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ। आज देशभर ७८ हजार ६ सय २९ सक्रिय संक्रमित छन्। शुक्रबार ५० जनाको कोरोनाबाट नि’धन भएको छ। मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोनाबाट नि’धन हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ।