कञ्चनपुर । कञ्चनपुर प्रहरीले लकडाउनको समयमा सडकमा निस्केका मानिससंग बाहिर निस्कनुको कारण माग्दै डाटा संकलन गरी राखेकोे छ ।

जिल्लामा लकडाउनको समयमा मनिस घर बाहिर निस्कन थालेपछि प्रहरीले सडकमा रोकी बाहिर निस्कनुको कारण माग्दै कारण सहितको तथ्याङ्क संकलन कार्य थालेको हो ।

लकडाउनको समयमा पनि स्थानीय बाटोमा निस्कन थालेको र आम मानिसले कडाउनमा पनि आवत जावत भयो भनेर गुनासो आएपछि मानिसहरु किन निस्केने रहेछन् भनेर जान्नका लागि डाटा संकलन कार्य थालिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरका प्रमुख केशवराज भट्टले बताउनु भयो ।

कुन संस्थाका मानिस के कारण निस्कन्छन् र कति मानिस निस्कन्छन् भनि पत्ता लगएर सो संस्थासँग छलफल गरेर मानिसहरुलाई ननिस्कन अनुरोध गर्ने उदेश्यले प्रहरीले उक्त कार्य थालनी गरेको ट्रफिक प्रमुख भट्टले बताउनु भयो ।