काठमाडौँ । बिहीबार नि’धन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको नि’धनप्रति बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहिरो दुःख ब्यक्त गरेका छन् । कोरोनाको संक्रमण ठिक भएपनि स्वस्थ्य अवस्थामा राम्रो सुधार नआएका कारण हाल अस्पतालमा उपचारार्थ श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानको नि’धनमा दुःख व्यक्त गरेका हुन् ।

हाई मेरो प्यारो प्रेमध्वज प्रधान दाई, हार्दिक श्र’द्धाञ्जली छ, तिमीलाई भन्दै सुरु गरेको स्टाटसमा उनले अगाडि लेखेका छन्– ‘२०२६ सालमा कवि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले ।

मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भा’ग्यमानी सम्झेको छु ।’प्रधानको नि’धनको खबरमा आफुले आँसुका धारा था’म्न नसकेको समेत स्टाटसमा उल्लेख गरेका श्रेष्ठले प्रधानको तस्बिर हेरेर मन बु’झाउनु बाहेकको अहिले अर्काे विकल्प नरहेको समेत बताएका छन् ।