माइलेजको साथमा २०२१ स्टार सिटी प्लस बाइक आएको छ । यसमा ईकोट्रस्ट फ्युल इन्जेक्सन टेक्नोलोजीको साथमा अपडेट गरिएको छ । सो टेक्नोलोजीको कारणले पुरानो मोडलको तुलनामा नयाँ बाइकले १५ प्रतिशत बढी माइलेज दिन्छ । नयाँ बाइकमा एलईडी हेडल्याम्पको साथमा युएसबी मोबायल चार्जर पनि समावेश गरिएको छ ।

नयाँ स्टार सिटी प्लस बाइक रेड ब्ल्याक ड्युअल टोन कलर स्किमको साथमा उपलब्धरहेको छ । कम्पनीका अनुसार २०२१ एडिसनमा आइपुग्दा स्टार सिटी प्लसले १५ वर्षको यात्रा पुरा गरेको छ र ३० लाख भन्दा बढी ग्राहकको बीचमा लोकप्रिय बाइक बनेको छ ।

स्टार सिटी प्लस २०२१ एडिसनमा ११० सीसी, सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ७३५० आरपीएममा ८.०८ बीएचपीको अधिकतम पावर र ४५०० आरपीएममा ८.७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ४ स्पिड गियरबक्स समावेश गरिएको छ । साथै सो बाइकको टप स्पिड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क र ५ स्टेप एडजस्टेबल रियर सक उपलब्ध रहेको छ । बाइकमा १७ इन्चको ह्वील र ट्युबलेस टायर रहेको छ । सो बाइकको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ ।

नयाँ स्टार सिटी प्लस बाइकको स्ट्यान्डर्ड मोडलको फ्रन्ट र रियरमा ड्रम ब्रेक रहेको छ । सो बाइकको एक्स शोरुम मूल्य ६५ हजार ८६५ भारु रहेको छ । सो बाइकको डिस्क ब्रेक भेरिएन्ट २ हजार ६ सय भारु मात्र महंगो रहेको छ ।