सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले अनिशा वाइबा जो एकदमै भाइरल भइरहेकि छिन् ।उनले आफ्नो अध्ययन ट्याक्सेस इन्टरनेशनल कलेजबाट गरेकि हुन भने उनी काठमाडौमै बसोबास गर्दै आएकि छिन् ।उनको एउटा हात छैन् तर आफ्नो दुर्बलतालाइ आफ्नो तागत बनाएर उनले भिडियो बनाउने गरेकि छिन् ।

मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।उनिले आफ्नो दुख बेदनालाई किनारमा राखेर आफ्नो यथार्थलाई अङ्गाल्दै यशैमा खुसि खोजिरहेकि छिन् ।उनी अहिले सामाजिक संजाल टुइटरभरि एकदमै भाइरल छिन् ।

हेर्नुस् टिकटक भिडियोहरुको संगालो