काठमाडौ । फरवरी २७ मा भएको सडक दुर्घटनामा एक जना युवक परे । उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । भारतको कर्नाटकका २७ वर्षीय सन्मुख गोमदी दुर्घटनामा परेका हुन् । उनलाई दुर्घटनास्थलवाट गम्भिर घाइते अवस्थामा नजिकैको अस्पतालमा भर्ना गरियो । अस्पतालमा उपचारका क्रममा उनको निधन भयो । उपचारमा संलग्न चिकित्सकले उनलाई मृ त घोषित गरे । सुरुमा दुर्घटना पश्चात उनलाई तत्काल नीजि अस्पतालमा लगिएको थियो । त्यहाँ परिक्षण पछि उनको निधन भइसकेको चिकित्सकहरुले बताए ।

त्यसपछि उनलाई एक सरकारी अस्पतालमा लगियो । पोष्टमार्टम गर्नुअघि गर्नुपर्ने पुरै परिक्षण फेरी सरकारी चिकित्सकहरुले गरे । त्यहाँ पनि उनलाई निधन भइसकेको घोषणा गरियो । सोही सरकारी अस्पतामा सडक दुर्घटनामा निधन भएका कारण उनको पोष्टमार्टमको तयारी गरियो।

उनलाई पोष्टमार्टम गर्ने कक्षमा लिएर गइयो ।तर जब चिकित्सकले उनको पोष्टमार्टम गर्न लागे उनलाई राखिएको टेवलमा केही हलचल भयो । त्यहाँ रहेका चिकित्सकहरु झस्किए । उनीहरुले ति युवकका शरिरको सबै अं ग हरुको परिक्षण गरे ।

चिकित्सकले निधन भएको भनेर घोषणा गरेर पोष्टमार्टम गर्न लागिएका ति युवकको शरिर जि वि त रहेको थाहा पाए । तत्काल उनलाई आइसियुमा भर्ना गरियो । अहिले ति युवकको अवस्था सुधारउन्मुख रहेको बताइएको छ । परिवारमा शोक मनाइरहेका थिए । तर अचानक युवकको अवस्था सुधारउन्मुख रहेको थाहा पाएपछि परिवारमा खुसी छाएको छ । अहिले उनीहरु ति युवक पुर्ण रुपमा ठिक हुने आशमा बसेका छन् । जसले ति युवकलाई निधन भएको घोषणा गरेका थिए ति सरकारी चिकित्सकले यस बारेमा कुनै प्रतिकृया दिएका छैनन् ।