“सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर ९विष्णु० को बिहे धुमधामका साथ हुँदै थियो। आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै थिईने तर बेहुलीको घर सिन्धुलीस्थित छोराको कारण सन्नाटा छाउँदै थियो।”

“सिन्धुलीमा लगनगाँठो कसेर सिन्दूररपोतेपछि बिहे अन्तिम सङ्कल्प गर्ने बेला रुद्रबहादुरले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि बेहुली घरको त्यो वैवाहिक रौनक एकाएक बदलियो।’दुलही घरमा छोराको त्यो वचन सुनेर म छाँगाबाट खसे झैँ भएँ, दिउँसै सपना देखें त्यसपछि मलाई चौकी पुर्‍याए’, बाह्र वर्षअघिको क्षण सम्झँदै बुबा उनबहादुरले भने,’मैले बेहुली पक्षलाई एक लाख १० हजार रुपैयाँ जरिवाना तिरेर छोरो फर्काएँ।’

त्यो बेला रुद्रबहादुरमा मनोरोग लागिसकेको थियो। भारतको राँचीमा उपचार गराउँदा ठीक भएपछि बिहेको चाँजोपाँजो मिलाइएको थियो। उनलाई छोराको बिहे गराउने मन त कत्ति पनि थिएन तर गाउँले र आफन्तबाट बिहेपछि रोग पूर्ण निको हुने भनेर आएको सुझावलाई नकारेनन्।

निको भइहाल्छ कि भन्ने झिनो आशा बोकेर छोराको बिहे गराउन राजी भएका उनबहादुरका सपना छोराकै कारण चकनाचुर भयो। त्यो चिन्ताले झण्डै उनी आफैँ मनोरोगीको सिकार हुनु परेको छिमेकी सम्झन्छन्। बेलाबेलामा उनको मन पनि एकोहोरिन्छ। पुराना गाविस उपाध्यक्ष गाउँको गन्यमान्य उनबहादुर पीडा सहेर छोराका उपचारमा लागेको सुनाउछन्।