काठमाडौ । नेकपा–एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुको मत प्रयोग गरेर सरकार जोगाउने तर आफुहरुलाई भने चियाको झिंगा झै फाल्ने रणनीति बुझेपछि एमालेको माधव नेपाल झलनाथ खनालको समुहले पनि नयाँ रणनीति बनाएको छ । उनीहरुको अगाडी गर वा म र को अवस्था छ । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि माधव नेपाल समुहको पनि मत चाहिन्छ । फ्लो क्रस गर्ने सम्भावना छैन । त्यसैले अब के गर्ने भन्ने रणनीति बनाउन माधव झलनाथ समुहल आपसी छलफलमा जुटेका छन् ।

छलफलमा उनीहरुको समुह भित्रै दुई मत आएको छ । केहि नेताहरुले ओलीलाई विश्वासको मतमा समर्थन गरेर अघि बढ्नुपर्ने मत राखेका छन् भन् केहि नेताहरुले भने सांसद पदबाट समेत राजीनामा दिनुपर्ने सम्मको मत राखेका छन्।

‘हामी त नवौं महाधिवेशनबाट पारित विधानअनुसार पार्टी चलोस् र पार्टी एकता कायम रहोस् भन्ने पक्षका भएका कारण प्रधानमन्त्रीलाई समर्थन गर्नुपर्छ ओलीलाई समर्थन गर्ने नेताको राय छ ।

विधान उल्लंघन गरेर एकलौटी निर्णय गर्दै अघि बढ्ने र अर्कोतर्फ दक्षिणपन्थी र बाह्य शक्तिको साथ लिएर पार्टीभित्रको आन्तरिक मत मतान्तरलाई दबाइरहँने ओलीलाई साथ दिन हुन्न भन्ने राय पनि छलफलमा उठेको छ । आफुहरुको मत प्रयोग गरेर बलियो प्रधानमन्त्री बन्ने तर आफुहरुलाई नै पाखा लगाउने रणनीति ओलीको देखिएपछि बैशाख २७ गते अघि नै आफ्नो समूहका सांसदहरुद्वारा राजीनामा गराउने निष्कर्षमा माधव झलनाथ समुह पुग्न सक्ने देखिएको छ ।

बैशाख १० गते ओलीले बालुवाटारमा राखेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायतका नेतालाई कारबाही गर्ने अनुमान गरिएको थियो। तर विश्वासको मत लिनकै लागि उनीहरुलाई तत्काल कारवाही नगरीएको रहस्य अहिले नेताहरुले थाहा पाए ।

सो रणनीतिअनुसार पहिले प्रधानमन्त्री ओलीले सबै एमाले सांसदहरुको समर्थनसहित संसदबाट विश्वासको मत लिने र त्यसपछि नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्ने योजना बनाईएको हुनसक्ने अनुमान नेपाल झलनाथ समुहको छ ।

‘अस्ति कारबाही गर्न ठीक पारिएको तर पहिले सबैको समर्थनसहित विश्वासको मत लिने र पछि मात्र कारबाही गर्ने तयारी गरिएको कुरा आयो, त्यो तहको षडयन्त्र हो भने हामी सांसद पदमा रहिरहनु पो किन पर्‍यो र भन्ने मत नेताहरुको आएकाले बैशाख २७ अघि नै राजीनामा दिने कुरा उठेको बैठकमा सहभागी एक नेताले बताए ।